अमेरिकाको न्युयोर्कस्थित स्वान्क डब्लु होटेलले सबैभन्दा बढि विवाहित पुरुषहरु परस्त्रीलाई लिएर जाने होटलको उपाधि पाएको छ । विवाहको बाचा तोडेर परस्त्रीसँग सल्किएका पुरुषहरुले अड्डा जमाउने न्युयोर्कका होटलहरुको बारेमा तयार पारिएको एक तथ्यांकले उक्त होटललाई पहिलो स्थानमा राखेको हो ।

यसरी अवैध धन्धा चल्ने होटलहरुमा सबैजसो न्युयोर्कका नाम चलेका होटल परेका छन् । विवाहित पुरुषहरुले दोश्री केटीलाई लिएर मोज गर्नका लागि छान्ने दोश्रो होटल होलिडे इन परेको छ ।

अनलाइनमार्फत गरिएको सर्वेक्षणले २९ प्रतिशत पुरुषहरुले आफु स्वास्नीको आँखा छलेर स्वान्क डब्लु होटलमा तरुनी लिएर मस्ती गर्न गएको बताए । पहिलोपटकको डेटिङमा उक्त महंगो होटलमा जाने पुरुषहरु दोश्रो पटकमा भने सस्तो मानिएको होलिडे इन होटलमा जाँदा रहेछन् । यो सूचीको सातौँ स्थानमा फोर सिजन होटल परेको छ भने दशौँ स्थानमा सोफिटेल होटेल छ । स्मरण रहोस् सोफिटेल होटल यौन काण्डमा परेका आइएमएफका पूर्व प्रमुख डोमिनिक स्ट्रस कानले मन पराएको होटल पनि हो ।